सुनको मूल्य ताेलामा एक हजार आठ सय रुपैयाँले घट्याे

342

काठमाडौँ, १ चैत

सुनको भाउ मंगलबार तोलामा एक हजार आठ सय रुपैयाँले घटेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको एक लाख पाँच सय रुपैयाँमा काराेबार भइरहेकाे छ । सोमबार छापावाल सुन तोलाको एक लाख दुई हजार तीन सय रुपैयाँमा किनबेच भएकाे थियो ।

मंगलबार तेजावी सुनको भाउ तोलाको एक लाख रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले घटेको छ । सोमबार एक हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार तीन सय ८० रुपैयाँमा निर्धारण भएको छ ।

Previous articleम्यानचेस्टर सिटी क्रिष्टल प्यालेससँग रोकियो
Next articleनेपाल–साउदी द्विपक्षीय बैठक सम्पन्न

Leave a Reply