सुनको मूल्य एक लाख दुई हजार ६ सय रुपैयाँ

579

काठमाडौँ, २७ फागुन

नेपाली बजारमा सुनको मूल्य शुक्रबार ताेलामा ६ सय रुपैयाँले बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ आज तोलामा एक लाख दुई हजार ६ सय रुपैयाँले काराेबार भइरहेकाे छ । बिहीबार सुन तोलाको एक लाख दुई हजार रुपैयाँ कायम थियो । आज तेजावी सुनको भाउ तोलाको एक लाख दुई हजार एक सय रुपैयाँ निर्धारण भएको छ ।

आज चाँदीको भाउ पनि तोलमा १० रुपैयाँले बढेको छ । बिहीबार एक हजार चार सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार चार सय १५ रुपैयाँ निर्धारण भएको महास‌ंघले जनाएकाे छ ।

Previous articleअहिलेको महंगी हाम्रो नियन्त्रणमा छैन : मन्त्री झाँक्री
Next articleहलेसी तुवाचुङमा लागूऔषधविरुद्ध सडक नाटक प्रदर्शन

Leave a Reply