जबर्जस्ती करणीका आरोपित ८ वर्षपछि कारागार चलान

568

सप्तरी, २६ फागुन

जबरजस्ती करणीको आरोपमा फरार रहेका आरोपितलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । बिहीबार प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सप्तकोसी नगरपालिका कमलपुर ९ बस्ने ५३ वर्षीय जगदीश यादव रहेका छन् । ईलाका प्रहरी कार्यालय कंचनपुर सप्तरीबाट खटिएका टोलीले यादवलाई घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।

तत्कालीन पुनरावेदन अदालत राजविराजले उनीविरुद्ध २०७१ साल वैशाख २९ गते ६ वर्ष कैद सजायको फैसला गरेको थियो ।

८ वर्षदेखि फरार रहेका यादवलाई खोजतलासको क्रममा पक्राउ गरेको हो ।

पक्राउ परेका यादवलाई  सप्तरी जिल्ला अदालतमा उपस्थित गराई अदालतको आदेशले कैद भुक्तानको लागी कारागार चलान गरेको ।

Previous articleसंघले संघीयता सफल बनाउन चाहेन : मुख्यमन्त्री नेपाली
Next articleऋषि कट्टेलको नेकपाले निर्वाचनमा लड्न पाएन मान्यता

Leave a Reply