सुनको मूल्य एक लाख पाँच हजार पाँच सय रुपैयाँ

466
saajhaonline

काठमाडौँ, २५ फागुन

नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला दुई हजार पाँच सय रुपैयाँले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको एक लाख पाँच हजार पाँच सय रुपैयाँ  कायम भएको छ ।

मंगलबार छापावाल सुन तोलाको एक लाख तीन हजार रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य तोलाको एक लाख पाँच हजार रुपैयाँ निर्धारण भएको छ ।

आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेको छ । मंगलबार एक हजार चार सय १० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार चार सय ५० रुपैयाँ कायम भएको छ ।

Previous articleपाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध अविस्वासको प्रस्ताव पेस एजेन्सी
Next articleललितपुरमा प्रर्दशनी स्थल निमार्ण गर्न महिला उद्यमीहरूको माग

Leave a Reply