परालले छोपेको अवस्थामा भक्तपुरमा महिलाको शव फेला

324

भक्तपुर, २४ फागुन

भक्तपुरको चाँगुनारायण नगरपालिका-७ बागरेस्थित तरकारी खेती हुँदै आइरहेको जग्गामा टिनको कच्ची टहराभित्र एक महिलाको शव फेला परेको छ ।

नामथर वतन नखुलेकी अन्दाजी ३५÷४० वर्ष उमेरीकी महिलाको लास परालले छोपेको अवस्थामा फेला परेको हो ।

जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी उपरीक्षक (एसपी) शिवकुमार श्रेष्ठको कमान्डमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिई गई हेर्दा मृतक महिलाको घाँटी अगाडि भागमा गहिरो चोट, शरीरको अन्य भागमा समेत काटेको चोटहरू र अर्धनग्न अवस्थामा रहेको देखिएको भक्तपुर प्रहरीले जनाएको छ ।

घटनास्थल प्रकृति तथा लास जाँच मुचुल्का गरी पोस्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोट भक्तपुर लगिएको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए । थप अनुसन्धान कार्य भइरहेको उनले जानकारी दिए ।

Previous articleसुनको मूल्य : ताेलाकाे एक लाख तीन हजार रुपैयाँ
Next articleनेपालगन्जमा मोटरसाइकलको ठक्करबाट सुरक्षा जाँचमा खटिएका प्रहरी हवल्दारको मृत्यु

Leave a Reply