ट्रकले ठक्कर दिँदा विद्यालयबाट घर फर्कदै फर्कदै गरेकी किशोरीको मृत्यु

419
SAAJHA

धनगढी, २३ फागुन

विद्यालयबाट घर फर्कदै गर्दा ट्रकको ठक्करबाट धनगढीमा एक किशोरीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सोमबार अपरान्ह धनगढी–अत्तरिया ६ लेन सडकमा बा२ख ५१५५ नम्बरको ट्रकले ठक्कर दिँदा धनगढी–१३ की १६ बर्षिया किशोरी सरस्वती कुँवरको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीका अनुसार साइकलमा सवार ती किशोरीलाई विद्यालयबाट घर फर्कने क्रममा जेब्रा क्रसिङ प्वाइन्टमै ट्रकले ठक्कर दिएर गम्भिर घाइते बनाएको थियो ।

गम्भिर घाइते किशोरीको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा को प्रबक्ता जोशीले बताए ।  घटनापछि टक र गोदावरी नगरपालिका–४ चालक गणेश लामालाई प्रहरीले नियन्त्रणमा लगेको छ ।

Previous articleबार एसोसिएसन निर्वाचनः अध्यक्षमा सत्ता गठबन्धनबाट घिमिरे, एमालेबाट अधिकारी उम्मेदवार
Next articleनारी दिवसको अवसरमा महिलाले झापा गोल्डकप नि:शुल्क हेर्न पाउने

Leave a Reply