सुर्खेतका कुनै पनि स्थानीय तहले कार्यसम्पादन मूल्यांकनमा ६० अंक ल्याउन सकेनन्

412

सुर्खेत, २३ फागुन

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा सुर्खेतका कुनै पनि स्थानीय तहले ६० अंक ल्याउन सकेनन् । जिल्लाका नौ स्थानीय तहमध्ये सबैभन्दा बढी अंक चिङ्गाड गाउँपालिकाले प्राप्त गरेको छ भने सबैभन्दा कम अंक भेरीगंगा नगरपालिकाले प्राप्त गरेको छ ।

चिङ्गाड गाउँपालिकाकाको ६०.०८ अंक रहेको छ भने भेरीगंगा नगरपालिकाको ४२.४५ अंक रहेको छ । आयोगले सार्वजनिक गरेको कार्यसम्पादन सूचक मूल्यांकबाट प्राप्त अङ्क र तथ्यांकअनुसार सिम्ता गाउँपालिकाले ५८.३१, बराहताल गाउँपालिकाले ४७.९१ र चौकुने गाउँपालिकाले ५१.९० अंक प्राप्त गरेका छन् ।

यस्तै, वीरेन्द्रनगर नगरपालिकाले ९८.९४, गुर्भाकोट नगरपालिकाले ४८.०३, पञ्चपुरी नगरपालिकाले ५९.१० र लेकबेसी नगरपालिकाले ४८.३३ अंक प्राप्त गरेका छन् ।

आर्थिक वर्ष २०७९/८० का लागि संघीय सरकारबाट स्थानीय तहमा प्रदान हुने समानीकरण अनुदानको रकम यही मूल्यांकनका आधारमा सिफारिस गर्दै आएको वित्त आयोगले जनाएको छ ।

वित्त आयोगले तयार पारेको उल्लेखित अंक र तथ्यांकमा परिमार्जन हुनुपर्ने ठोस प्रमाण भएमा यो प्रकाशन भएको मितिले ७ दिन पुनरावलोकन लागि वित्त आयोगमा प्रमाण पेस गर्न सकिने आयोगका प्रवक्ता कृष्णबहादुर बोहोराले बताए ।

Previous articleबाँकेमा अवैध लागूऔषध र पेस्तोलसहित तीन जना पक्राउ
Next articleजिल्ला अधिवेशन : कांग्रेस सर्लाहीको मतदान अनिश्चितकालका लागि स्थगित न्युज कारखाना

Leave a Reply