विद्युत नियमन आयोगमा अध्यक्ष र तीन सदस्यका लागि दरखास्त आह्वान

353

काठमाडौं, २३ फागुन
सरकारले विद्युत नियमन आयोगको अध्यक्ष र सदस्यका लागि दरखास्त आह्वान गरेको छ ।

अध्यक्ष, तीन सदस्य (एक महिलासहित)का लागि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, सिफारिस समितिले सोमबार सार्वजनिक सूचना जारी गरेर दरखास्त माग गरेको हो ।

इच्छुक र योग्य उम्मेदवारले १५ दिनभित्र आवेदन दिन सक्नेछन् । आवेदन परेकामध्ये कार्ययोजनाको मूल्यांकनका आधारमा संक्षिप्त सूचीमा परेका बढीमा पाँच जनालाई कार्ययोजना प्रस्तुतिका लागि बोलाइने छ ।

Previous articleकांग्रेस अछाम अधिवेशन : सहमतिको प्रयास असफल, आज पुनः मतदान हुँदै
Next articleयुक्रेन संकटमा भाइरल बनेकी युक्रेनी टिकटक स्टार

Leave a Reply