दक्षिणी सहर खेरसन रुसी सेनाको हातमा

443

किभ–युक्रेनमा रुसी हमलाको सातौं दिन युक्रेनको दक्षिणी सहर खेरसन रुसी सेनाको हातमा पुगेको छ । औषधी र खानेकुरालगायत खाद्यन्नको आपूर्ती सुनिश्चतका लागि राष्ट्रिय सरकारलाई सहयोग गर्न सो सहरका मेयरले आह्वान गरेका छन् ।

रुसी सेनाको हमलामा २०० जनाको मृत्यु भएको स्थानीय परिषद्का एक सदस्यले जानाकारी दिएका छन् । मारिनेमध्ये अधिकांश सर्वसाधारण रहेको जनाइएको छ ।

उत्तरपश्चिमी युक्रेनी सहर जाइटोमायरमा आपतकालीन कर्मचारीहरुले रुसी सेनाको मिसाइल हमलामा आवसीय भवनमा लागेको आगो निभाइरहेका छन् । सो सहरमा चार जना मारिएको रुसी अधिकारीहरुले जनाएका छन् ।

Previous articleआजबाट सहिद स्मारक ‘बी’ डिभिजन लिग
Next articleसशस्त्र प्रहरीमा जागिर खान उत्तरपुस्तिकामा चिट नै स्टिच, हर्कत गर्ने पाँच परीक्षार्थीलाई लोकसेवाले लगायो एक वर्षे प्रतिबन्ध

Leave a Reply