नयाँ संक्रमित एक सय ८० मा झरे

464

काठमाडौं, १६ फागुन

नेपालमा पछिल्लो २४ घण्टामा थप एक सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा एक सय ८० जनामा कोभिड संक्रमण पुष्टि भएको छ भने संक्रमणबाट एक जनाको ज्यान गएको छ ।

यस्तै, चार सय जना कोभिडमुक्त भएका छन् । मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा एक लाख ४१ हजार एक सय २१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् भने आठ हजार दुई सय ३५ जना सक्रिय संक्रमित रहेका छन् ।

Previous articleप्रचण्डले भने- अब स्थानीय चुनाव निश्चित भएको छ
Next articleएमालेद्वारा संसद् अवरुद्ध, एमाले र सत्ता पक्षबीच के भएको थियो समझदारी ?

Leave a Reply