विराटनगरमा ‘फर्स्ट फ्लाएर्स फिल्म अवार्ड’

373

काठमाडौं, १६ फागुन

ओजश फिल्मस् एण्ड इन्टरटेन्मेन्टको आयोजना र साइमन फिल्मस्,मुम्बईको डिजाइनमा ‘फर्स्ट फ्लाएर्स फिल्म अवार्ड-०७९’ हुने भएको छ । २०७९ वैशाख २४ गते विराटनगरमा अवार्ड हुने लागेको हो ।

आयोजक संस्थाका प्रमुख तथा कार्यक्रम निर्देशक साइमन राजवंशीले मोफसलमा समेत नेपाली फिल्मको विकास, विस्तार र उन्नतीको लक्ष्य लिएर पहिलो संस्करण विराटनगरमा आयोजना गर्न लागिएको बताए । ‘विराटनगरजस्तो ठूलो सहरमा समेत नेपाली फिल्मको बजार उच्च छैन । कतिपय राष्ट्रियस्तरका कलाकारलाई समेत दर्शकले चिन्दैनन् । त्यसैले यो अवार्डले नेपाली फिल्म तथा कलाकारप्रति दर्शकको अभिरुचि बढाउने बिश्वास लिएका छौ’, उनले भने ।

भारतको मुम्बईमा केही वर्ष काम गरेका साइनम त्यहाँको साइमन फिल्मस्को डिजाइनअनुरुप अवार्ड गर्ने योजनामा छन् । कार्यक्रममा अभिनेता सरोज खनालले अधिकांश फिल्म अवार्ड राजधानी केन्द्रित भइरहेको समयमा पहिलोपटक मोफसलमा गर्नु आफैंमा सुखद कुरा रहेको बताए ।

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले आफ्नो जन्मथलो विराटनगरमा पहिलोपटक अवार्ड आयोजना हुन लागेको सुन्दा खुशी लागेको बताइन् । ‘पहिलो संस्करण नै विराटनगरमा आयोजना हुन लागेको यो अवार्डले नेपाली फिल्मको मोफसल बजार र कलाकारको मनोबल उच्च बनाउने छ भन्ने आशा मलाई छ,’ उनले भने ।

नेपाल चलचित्र निर्देशक समाजका महासचिव जनकदीप पराजुलीले अवार्ड कार्यक्रममा गुणस्तरीय फिल्म निर्माणमा दबाब दिनुका साथै अब्बल कलाकारिताका लागि कलाकारलाई समेत प्रोत्साहित गर्ने दाबी गरे ।

आयोजकका अनुसार कलाकार तथा प्राविधिकलाई २१ विधामा अवार्ड प्रदान गरिनेछ । अवार्डको सल्लाहकारमा अनिशसिंह ठकुरी, कार्यक्रम संयोजकमा अशिमा धुतराज र सञ्जु सापकोटा,व्यवस्थापन विमल धमला र कलाकार संयोजनमा आइपी आचार्य छन् ।

२०७६, २०७७ र २०७८ चैत्र भित्र प्रदर्शन भएका फिल्महरु सहभागी हुने अवार्डको उत्कृष्ट ५ मनोनयन केही समयपछि सार्वजनिक गरिने बताइएको छ ।

Previous articleतिलोत्तमा बन्यो कोरोनाविरुद्धको पूर्ण खोप नगरपालिका
Next articleकुम्भकाे दाम्पत्य जीवनमा खुसियाली छाउने, मीनकाे आत्मबल बढ्ने

Leave a Reply