
काठमाडौं, १५ फागुन / प्रतिनिधिसभा बैठक सुरु भएकाे छ । दिउँसाे १ बजे बस्ने भनिएकाे बैठक दुई घन्टा ढिला गरी ३ बजे सुरु भएकाे हाे ।
बैठक सुरु भएलगत्तै एमालेसहितका सांसदको नाराबाजी सुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको जानकारी दिएलगत्तै एमालेसहितका सांसदहरूले नाराबाजी गरेका हुन् ।
आजकाे बैठकमा अमेरिकी सहयाेग परियाेजना एमसीसीमाथि छलफलकाे कार्यसूची छ ।