ला लिगामा रियललाई ९ अंकको अग्रता

468

काठमाडौं, १५ फागुन
स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित निकाल्दै नौ अंकको अग्रता बनाएको छ । शनिबार राति भएकाे खेलमा शीर्ष स्थानको रियलले जित निकालेकाे हाे । कप्तान करिम बेन्जेमाको निर्णायक गोलमा रियलले रायो भालेकानोलाई १-० गोल अन्तरले हरायो । बेन्जेमाले खेलको ८३औं मिनेटमा गोल गरेका थिए ।

जितसँगै रियलले २६ खेलमा ६० अंक जोडेको छ । रायो भालेकानो ३१ अंक जोडेर १२ औं स्थानमा  छ । दोस्रो स्थानको सेभिल्लाको २५ खेलबाट ५१ अंक छ ।

Leave a Reply