सुनको मूल्य ताेलामा एक हजार ४०० रुपैयाँले घट्यो

444
saajhaonline

काठमाडौँ, १५ फागुन

सुनको भाउ साताकाे पहिलाे दिन आइतबार  प्रतितोलमा एक हजार ४०० रुपैयाँको दरले घटेको छ  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९६ हजार ६०० रुपैयाँ कायम भएको छ ।

गत साताकाे अन्तिम दिन शुक्रबार छापावाल सुन तोलाको ९८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी आइतबार तेजावी सुनको भाउ तोलाको ९६ हजार १०० रुपैयाँ निर्धारण भएको छ ।

Previous articleशैलुङ गाउँपालिका वडा नम्बर ५ को कार्यालय भवन उद्घाटन सम्पन्न |
Next articleएमसीसीका कारण गठबन्धन भत्किन्छ, नयाँ सरकार बन्छ : पाण्डे

Leave a Reply