रुसका पाँच जहाज र एउटा हेलिकोप्टर खसालिदिएको युक्रेनी सेनाको दाबी

422

किभ–पूर्वी युक्रेनमा पाँच ओटा रुसी जहाज र एउटा हेलिकोप्टर खसालिदिएको युक्रेनी सेनाले दाबी गरेको छ । ‘संयुक्त फौज कमान्डअनुसार आज २४ फेब्रुवरीमा संयुक्त फौज कारबाहीको क्षेत्रमा आक्रमणकारीको पाँच जहाज र एउटा हेलिकोप्टर गोली हानेर खसालिएको छ,’ युक्रेनी सेनाले भनेको छ ।

यसबारे रुसी सेनाले कुनै टिप्पणी गरेको छैन् । यसअघि रुसी फौजले राजधानी किभनजिककैका विमानस्थलहरुमा क्षेप्यास्त्र हमला गरेको जनाएको थियो । एउटा फेसबुक सन्देशमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले सर्वसाधारणलाई नआत्तिन आग्रह गरेका छन् ।

तर, रुसी रक्षा मन्त्रालयले आफ्ना विमानहरू खसालिएको विवरण अस्वीकार गरेको छ।

Previous articleराष्ट्रिय फुटसल टोलीको प्रशिक्षण भोलिबाट, नेपाल कठिन समूहमा
Next articleनेपालले रुसी कदमको विरुद्धमा उठायो आवाज, भन्यो– युक्रेनमाथि शक्ति प्रयोगको विरोध गर्दछौं

Leave a Reply