सुनको मूल्य एक लाख नजिक

330
saajhaonline

काठमाडौँ, १२ फागुन

सुनको भाउ बिहीबार  प्रतितोलामा दुई हजार ५०० रुपैयाँको दरले बढेर एक लाख नजिक पुगेकाे छ  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन तोलाको ९६ हजार पाँच सय रुपैँयामा कारोबार भएको थियो ।

यसैगरी बिहीबार तेजावी सुनको भाउ तोलाको ९८ हजार ५०० रुपैयाँ निर्धारण गरिएकाे छ ।  चाँदीको मुल्य पनि तोलामा ३५ रुपैयाँको दरले बढेको छ । बुधबार एक हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार ३५५ रुपैयाँमा  निर्धारण भएको छ ।

Previous articleभद्रकाली–माइतिघर–बानेश्वर–तिनुकने सडकखण्डको सवारी साधन डाइभर्ट
Next articleआजकाे राशिफल : वृषलाई आकस्मिक धनलाभ, तुलालाई मानसिक असन्तोष

Leave a Reply