अस्पतालको घडेरी सम्याउँदा स्वास्थ्य केन्द्रको भवन क्षतिग्रस्त

473

खोटाङ, ११ फागुन | खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीमा अस्पताल बनाउन घडेरी सम्याउने क्रममा प्राथमिक स्वास्थ्य केन्द्रको भवन क्षतिग्रस्त बनेको छ । प्रत्येक स्थानीय तहमा अस्पताल स्थापना गर्ने नेपाल सरकारको नीतिअनुसार १५ शय्याको अस्पताल बनाउनका लागि घडेरी सम्याउने क्रममा प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा क्षति पुगेको हो ।

नजिकै अस्पतालका लागि घडेरी बनाउने क्रममा भवनको जग भत्किएपछि प्राथमिक स्वास्थ्य केन्द्रको तीन कोठे भवन कामै नलाग्ने अवस्थामा पुगेको छ । भर्ना भएका बिरामी राख्नका लागि बनाइएको सो भवनको पर्खाल र पेटी भत्किएपछि भवनमुनि भ्वाङ परेको चिसापानीका कार्यबाहक वडाध्यक्ष धनबहादुर राईले बताए ।

स्वास्थ्य केन्द्रको भवनको तीनमध्ये दुई कोठा भासिएको छ । सो भवनलाई हाल पुरानो सामान राख्न, कोभिड-१९ बाट संक्रमित स्वास्थ्यकर्मी राख्ने क्वारेन्टिन लगायतमा उपयोग गरिँदै आइएको थियो ।

Previous articleमानसिक समस्या भएकी महिलाको उद्धार
Next articleसंसदमा एमसीसी : आफ्ना सांसदलाई बिहीबार अनिवार्य उपस्थित हुन कांग्रेसको निर्देशन

Leave a Reply