सुन ताेलाको ९७ हजार पुग्याे

449
saajhaonline

काठमाडौँ, १० फागुन

नेपाली बजारमा सुनकाे भाउ मंगलबार तोलमा आठ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९७ हजार कायम भएको छ । सोमबार छापावाल सुन तोलाको ९६ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार तेजावी सुनको भाउ तोलाको ९६ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।

यस्तै चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । महासंघका अनुसार मंगलबार चाँदी ताेलाकाे एक हजार तीन सय १५ रुपैयाँ निर्धारण भएको छ ।

Previous articleनेपाल बारको निर्वाचन प्रक्रिया सुरु, आज मतदाता नामावली सार्वजनिक हुने
Next articleस्यालको टोकाईबाट सर्लाहीमा १५ जना घाइते

Leave a Reply