सेनाको लडाकु जेट विद्यालयमा ठोकियो, तीन जनाको मृत्यु

338

एजेन्सी
तेहरान, ९ फागुन
इरानको सेनाको एउटा लडाकु जेट देशको उत्तरपश्चिम सहर तबरिजमा दुर्घटनाग्रस्त भएको छ । एउटा आवासीय क्षेत्रमा भएको सो दुर्घटनामा दुई चालका दलका सदस्यहरुसहित तीन जनाको मृत्यु भएको त्यहाँको राष्ट्रिय टेलिभिजनले जनाएको छ ।

स्थानीय रेड क्रिसेन्टका प्रमुखका अनुसार सो जेट एउटा विद्यालयमा ठोकिएको थियो । दुर्घटनामा मृत्यु हुनेमध्ये एक जना सोही क्षेत्रका स्थानीय रहेको जनाइएको छ । दुर्घटनाबारे छानविन भइरहेको प्राप्त विवरणहरुमा जनाइएको छ ।

Previous articleनेपालमै पहिलोपटक सिमेन्ट बोर्ड उत्पादनको तयारी
Next articleराप्रपाको साधारण सदस्यसमेत नरहने गरी राजाराम बर्ताैलाको राजीनामा

Leave a Reply