आज सन् २०२२ को २१ फेब्रुबरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः
प्रशान्त महासागरमा एक्लै उड्ने पहिलो व्यक्ति
सन १९५५ मा अमेरिकी व्यापारी तथा साहसी स्टेभ फोसेट बेलुनमा प्रशान्त महासागरमा एक्लै उड्ने पहिलो व्यक्ति बनेका थिए । यो उनको धेरै उड्डयन रेकर्डहरुमध्ये पहिलो थियो ।
रिचार्ड निक्सनको चीन भ्रमण
सन् १९७२ मा अमेरिकी राष्ट्रपति रिचार्ड एम निक्सनले जनगणतन्त्र चीनको राजकीय भ्रमण गरेका थिए । कम्युनिस्ट देश चीन र संयुक्त राज्य अमेरिका बीचको २१ वर्ष देखिको मतभेद अन्त्य गर्दै उनी सो भ्रमणमा निस्किएका थिए ।
भर्डन युद्ध
पहिलो विश्व युद्धको समयमा आजकै दिन भर्डन युद्ध सुरु भएको थियो । सन् १९१६ को फेब्रुवरी २१ देखि १८ डिसेम्बरसम्म फ्रान्सको भर्डनमा भएको सो युद्धलाई इतिहासकै सबैभन्दा ठूलो, लामो र रक्तपातपूर्ण मानिन्छ । फ्रान्स र र्जनबीच भएको सो युद्धमा लाखौ मानिस मारिएका थिए ।
डब्लूएच अडेनको जन्म
सन् १९०७ को २१ फेब्रुवरी अर्थात आजकै दिन प्रसिद्ध अग्रेजी कवि डब्लूएच अडेनको जन्म भएको थियो । उनी आफ्नो युगको प्रमुख अंग्रेजी–भाषाका कविहरूमध्ये एक हुन् ।