आज सन् २०२२ को २० फेब्रुबरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः
पृथ्वीको परिक्रमा गर्ने पहिलो अमेरिकी नागरिक
पृथ्वीको परिक्रमा गर्ने पहिलो अमेरिकी नागरिकले सन् १९६२ मा आन्द्र महासागरमा सुरक्षित अवतरण गरेका थिए । जोन एच ग्लेन जुनियर आजकै दिन अर्थात २० फेब्रुबरीमा आन्द्र महासागरमा सुरक्षित अवतरण गरेका थिए ।
जर्मनमा अमेरिकी बमवर्षक विमानको हमला
सन् १९४४ मा अमेरिकी बमवर्षकहरूले जर्मन विमान निर्माण केन्द्रहरूमा आक्रमण गरेका थिए । सो बमबारी अभियानलाई इतिहासमा विग विक भनेर चिनिन्छ । युरोप आक्रमणका लागि हवाई सर्वोच्चता प्राप्त गर्न आक्रमणको तत्कालिन उदेश्य थियो ।
अस्ट्रेलियाको राजधानी सहर निर्माण कार्य सुरु
सन् १९१३ मा अस्ट्रेलियाको राजधानी सहर निर्माण कार्य सुरु भएको थियो । क्यानबेरा पूर्णतया योजनाबद्ध शहर हो । प्रतिद्वन्द्वी सिड्नी र मेलबर्नबीचको सम्झौताको रूपमा क्यानबेरालाई अस्ट्रेलियाको राजधानीको रूपमा छनोट गरिएको थियो ।
रिहानाको जन्म दिन
आजकै दिन बार्बेडियाली गायिका, नायिका तथा फेसन डिजाइनर रिहानाको जन्म भएको थियो । उनको जन्म १९८८ को २० फेब्रुबरीमा भएको हो ।