सुनको मूल्य चार सयले बढ्याे

415

काठमाडौं, ६ फागुन| नेपाली बजारमा सुनको मूल्य चार सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९६ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।

बिहीबार छापावाल सुन तोलामा ९६ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको भाउ तोलाको ९६ हजार रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ । बिहीबार एक हजार दुई सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार तीन सय पाँच रुपैयाँ निर्धारण भएको छ ।

Previous articleआयोडिनयुक्त नुनकाे प्रयोग बढाउन विद्यालयमा सचेतना फैलाउँदै साल्ट ट्रेडिङ
Next articleप्रदेश खेलकुद परिषद् : कर्मचारी हटाउन नपाएपछि अध्यादेश

Leave a Reply