बार्सिलोना नापोली बराबरी

376

काठमाडौं, ६ फागुन | यूईएफए युरोपा लिगको प्लेअफ खेलको पहिलो लेगमा बिहीबार राति बार्सिलोना र नापोलीले १-१ गोलको बराबरी खेल्दै अंक बाढेका छन् । स्पेनिस क्लब बार्सिलोना घरेलु मैदान नोउ क्याम्पमा बराबरीमा रोकिएको हो । खेलको २९औं मिनेटमा  जिएलिन्स्कीको गोलमा भ्रमणकारी इटालीयन टोली नापोलीले अग्रता बनायो ।

५९औं मिनेट बार्सिलोनाको फेरान टोरेसले गोल गर्दै खेल १-१को बराबरीमा पुराए । उनले पेनाल्टीमा गोल गरेका थिए  । अब दोस्रो लेग नापोलीको मैदानमा हुनेछ ।

Previous articleजेसिआई सिद्धार्थ लेडी विभाजित, अध्यक्ष नै दुई जना
Next articleढुंगेअड्डामा विष्फोटक पदार्थ फेला परेकाे आशंका, सेनाकाे डिस्पोजल टाेली पुग्याे

Leave a Reply