धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाल नियुक्त

446

काठमाडौं, ५ माघ| सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षमा रमेशकुमार हमाललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हमाललाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर विश्वनाथ पौडेलको संयोजकत्वमा गठित छनोट समितिले कृष्णराज पोखरेल, डाक्टर गोपाल भट्ट र रमेशकुमार हमालको नाम सिफारिस गरेको थियो । तीन जनामध्येबाट सरकारले हमाललाई अध्यक्षमा नियुक्त गरेको हो ।

Previous articleयी हुन् सम्बन्ध बिच्छेद गरेका महिलासँग विवाह गर्ने पाँच क्रिकेटर
Next articleसहिद स्मारक ‘ए’ डिभिजन लिग : मनाङ एपीएफसँग स्तब्ध

Leave a Reply