सुनको मूल्य ताेलामा एक हजार रुपैयाँले बढ्याे

279
saajhaonline

काठमाडौँ, ५ फागुन

सुनको भाउ बिहीबार प्रतितोलामा एक हजार रुपैयाँको दरले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९६ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुन तोलाको ९५ हजार १०० रुपैयाँमा  कारोबार भएको थियो ।

यसैगरी,बिहीबार तेजावी सुनको भाउ तोलाको ९५ हजार ६०० रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ । बुधबार एक हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार २९५ रुपैयाँ निर्धारण भएको छ ।

Previous articleलुम्बिनी प्रदेश : हतारमा बनाइएका कानुन कार्यान्वयनमै समस्या
Next articleकर्णालीमा विद्युत प्रसारण लाइन विस्तार गरिने

Leave a Reply