इन्टरविरुद्ध लिभरपुलको जित

375

काठमाडौं, ५ फागुन| इंग्लिस क्लब लिभरपुलले यूइएफए च्याम्पियन्स लिगको पहिलो लेगमा इन्टर मिलानलाई पराजित गरेकाे छ ।

इटालीको सान सिरोमा बिहीबार बिहान भएको खेलमा लिभरपुलले २-० जित निकालेकाे हाे । उसका रोबर्टो फिर्मिनो र मोहम्मद सलाहले १-१ गाेल गरे ।

याेसँगै लिभरपुलले तीन अंक जोडेको छ ।

दुबै गोल दोस्रो हाफमा सम्भव भएको थियो  । रोबर्टोले खेलको ७५औं मिनेटमा गोल गरे । ८३औं मिनेट सलाहले गोल गर्दा लिभरपुल अन्तिम आठ नजिक रह्यो ।

अब दोस्रो लेगका लागि लिभरपुलले इन्टरलाई २२ मार्चमा आतिथ्य गर्नेछ ।

Previous articleकस्ताे छ आजकाे माैसम ?
Next articleविश्व इतिहासमा आजः भियतनाममाथि चीनको अतिक्रमणदेखि कोसोभो स्वतन्त्र

Leave a Reply