चेल्सीलाई पहिलो फिफा क्लब विश्वकप

519

काठमाडौं, १ फागुन
इंग्लिस क्लब चेल्सीले शनिबार राति पहिलो पटक फिफा क्लब विश्वकपको उपाधि जितेको छ ।

फाइनल प्रतिद्वन्दी ब्राजिलियन क्लब पाल्मिरसलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै चेल्सी च्याम्पियन बनेको हो । उपाधि दिलाउन रोमेलु लुकाकु र काइ हाभर्ट्जले एक एक गोल गरे ।

यस संगै चेल्सीले पहिलो पटक क्लब विश्वकपको उपाधि जितेको हो । क्लब विश्वकपको उपाधि जित्ने चेल्सी तेस्रो इंग्लिस क्लब बनेको छ ।

अन्तिम समयमा पाल्मिरसका ग्रासियाले रातो कार्ड पाएपछि १० खेलाडीमा समेटिएको थियो ।

Previous articleयस्तो छ आजको राशीफल:विहान सूर्यनारायणको दर्शन गर्नु सबैलाई उत्तम
Next articleरेल खरिद गरेको १५ महिना पछि आजवाट जनकपुरमा रेल सञ्चालन हुने, ७० देखी ३०० रुपैयाँसम्म भाडा कायम

Leave a Reply