मेलरुखमा भेटिएको सकेट बम नेपाली सेनाद्वारा डिस्पोज

384

सिमकोट, २८ माघ

खार्पुनाथ गाउँपालिका-४ को लेखगाउँ जानेबाटो नजिक रहेको मेलरुखमा भेटिएको सकेट बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।

गत शुक्रबार दिउँसो १२ बजे खार्पुनाथ गाउँपालिका-४ लेख गाउँका स्थानीय सिन्दान्ता जेठाराले बाटोमा हिँड्ने क्रममा बम फेला पारेका थिए ।

स्थानीय जेठाराले बम फेला पारे लगत्तै प्रहरी चौकी यांचुलाई खबर गरेका थिए । खार्पुनाथ गाउँपालिकामा रहेको प्रहरी चौकी याँचुले खबर पाए लगत्तै प्रहरी सहायक निरीक्षक जगदीश भण्डारीको नेतृत्वमा प्रहरी टोली खटाएको थियो ।

प्रहरी सहायक निरीक्षक भण्डारी नेतृत्वको टोलिले सकेट बम रहेको र बम पुरानो खिया लागेको प्रमाणित गरेको थियो । त्यस लगत्तै बम डिस्पोजलका लागि बरादल गुल्म रानावनबाट सेनानी गणेश खड्काको नेतृत्वको टोलीले बम डिस्पोज गरेको सहायक प्रमुख जिल्ला अधिकारी दशरत राईले बताए ।

Previous articleअधिकारको सीमाभित्रै रहेर जनभावना अनुसार काम गर्छु : प्रदेश प्रमुख जोशी
Next articleओमानमाथि नेपालको जित

Leave a Reply