हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

450

काठमाडौं, २६ माघ
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ३० पैसा र बिक्री दर ११९ रुपैयाँ ९० पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३६ रुपैयाँ  २३ पैसा र बिक्री दर १३६ रुपैयाँ ९१ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ ६६ पैसा र बिक्री दर १६२ रुपैयाँ ४८ पैसा छ ।

स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ २३ पैसा र बिक्री दर १२९ रुपैयाँ ८८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ चार पैसा र बिक्री दर ८५ रुपैयाँ ४६ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ९८ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ४५  पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ३५  पैसा र बिक्री दर १० रुपैयाँ ४०  पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७४  पैसा र बिक्री दर १८ रुपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ८० पैसा र बिक्री दर ३१ रुपैयाँ ९६ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ७७ पैसा र बिक्री दर ३२ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७५ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९७ पैसा र बिक्री दर १० रुपैयाँ दुई पैसा कायम भएको छ ।

Previous article६ दल र दुई माेर्चा आज एमसिसीविरुद्ध राजधानीमा प्रदर्शन गर्दै
Next articleहेटौंडा सिमेन्टको महाप्रबन्धकका लागि दरखास्त खुल्याे

Leave a Reply