सुनको मूल्य तोलामा तीन सयले बढ्यो

375

काठमाडौ, २६ माघ

नेपाली बजारमा बुधबार सुनकाे मूल्य सामान्य बढेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९३ हजार चार सय रुपैयाँ कायम भएको छ । मंगलबार तोलाको ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुनको मूल्य तोलाको ९२ हजार नौ सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य प्रतितोलामा २० रुपैयाँले बढेको छ । सोमबार एक हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार तोलामा एक हजार २८० रुपैयाँ  कायम भएको महासंघले जनाएकाे छ ।

Previous articleभ्रष्टाचारको अखडा बन्दै महाेत्तरीका स्थानीय तह, माघमा मात्रै २० वटा उजुरी अख्तियारमा
Next articleसिद्धबाबा सुरुङमार्ग निर्माणका चिनियाँ कम्पनी छानियाे, ७ अर्ब ३४ करोड लागत

Leave a Reply