पाँच हजार किलो अवैध केराउसहित ट्रक चालक पक्राउ

376

काठमाडौं, २५ माघ| कपिलवस्तु यशोधरा गाउँपालिका–७ मर्यादपुरबाट करिब पाँच लाख रुपैयाँ मूल्य बराबरको पाँच हजार किलो केराउसहित प्रहरीले युपि५५टि २२९५ नम्बरको ट्रकका चालकलाई पक्रेको छ । ट्रकका चालक भारत सिद्धार्थनगर ग्राम इटवाका २७ वर्षीय धनप्रकाश अग्रहरीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

नेपालबाट भारतको इटवातर्फ जाँदै गरेको उक्त ट्रकलाई प्रहरी चौकी मर्यादपुरबाट खटिएको टोलीले पक्रेको । बरामद केराउ र ट्रकसहित चालकलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय सुठौली पठाएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

Previous articleमाओवादीलाई एक ढिक्का बनाउनतर्फ लाग्नुहोस् : विमला केसी
Next articleप्युठानका पोख्रेल ‘जो जनार्दन बने , मेडिकल कलेज र कम्पनीको मालिक बनेर करोडौँ ठगे ’

Leave a Reply