
काठमाडौं, २५ माघ | विगत लामो समयदेखि लाईभ म्युजिक क्षेत्रमा व्यस्त गायिका एन्जिला रानाले पहिलो सांगितिक कोसेली ‘मुटुको घाउ’ ” Khushi Events” नामक YouTube च्यानल मार्फत सार्वजनिक गरेको छ ।
तनहूँमा जन्मिएकी रानाले सांगितिक क्षेत्रका दिग्गजहरू चण्डीप्रसाद काफ्ले , गुरुदेव कामत, बिनोद तामाङसँग सांगितिक प्रशिक्षण लिनुभएको बताए ।
बिगत ६ वर्ष देखि विभिन्न रेष्टुरेष्ट तथा तारे होटेलहरूमा लाईभ गीत प्रस्तुत गर्दै आउनु भएको थियो ।
बिक्रम चौहानको निर्देशन रहेको भिडियोमा दिनेश क्षेत्री र सारिका केसीले अभिनय गर्नुभएको छ भने गीतमा शब्द र संगीत सुनील बीसी को रहेको छ ।