सुनकाे मूल्य तोलामा पाँच सयले बढ्यो

496
saajhaonline

काठमाडौँ, २५ माघ

मंगलबार नेपाली बजारमा सुनकाे मूल्य ताेलामा पाँच सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९३ हजार एक सय रुपैयाँ कायम भएको छ । सोमबार तोलाको ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, मंगलबार तेजावी सुनको भाउ तोलाको ९२ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ  । सोमबार एक हजार २५५ रुपैँयामा कारोबार भएको चाँदी मंगलबार  प्रतितोलामा एक हजार २६० रुपैयाँ  निर्धारण भएको छ ।

Previous articleदलहरू जुटे निर्वाचनमा
Next articleकर्णाली लाेकसेवाले माग्याे ३७३ कर्मचारी

Leave a Reply