ब्राउन सुगरसहित दुईजना पक्राउ

488

काठमाडौं, २४ माघ

लागूऔषध ब्राउन सुगरसहित प्रहरीले काठमाडौंको कपनबाट दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढानीलकण्ठ नगरपालिका-१० कपन आकाशेधारा बस्‍ने २२ वर्षीय पासाङ छिरिङ शेर्पा र भिमदत्त नगरपालिका महेन्द्रनगर स्थाइ घर भई बुढानीलकण्ठ नगरपालिका १० कपन आकासेधारा बस्‍ने २७ वर्षीय खगेस खत्री रहेका छन् ।

महानगरी प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले उनीहरूलाई सोमबार ६ ग्राम ब्राउ सुगरसहित पक्राउ गरेको हो । उनीहरूलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी वृत बौद्धले जनाएको छ ।

Previous articleनिर्वाचनका लागि आवश्यक सामग्री लागि सामान्य प्रशासन मन्त्रालय मार्फत पत्राचार
Next articleआज अचला सप्तमी : धनुलाई काममा सफलता मिल्ने, सिंहकाे आर्थिक व्यय बढी हुनसक्ने

Leave a Reply