टेबल टेनिसका सहायक प्रशिक्षक स्वर्गीय राईप्रति राखेपद्वारा श्रद्धाञ्जली

574

काठमाडौं, २४ माघ

टेबल टेनिसका सहायक प्रशिक्षक स्वर्गीय घनश्याम राईको निधनमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा आज श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ ।

राखेपका बोर्ड सदस्य सुभाष श्रेष्ठ, प्रशासन विभाग प्रमुख मधुसूदन बस्नेत, तालिम तथा प्रशिक्षण विभाग प्रमुख अर्जुन बिक, राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्र राई, शाखा प्रमुख, प्रमुख प्रशिक्षक, प्रशिक्षक तथा कर्मचारीहरूले राईको तस्बिरमा फूलमाला तथा अबिरले श्रद्धाञ्जली व्यक्त गरेका हुन् । यसअघि स्व. राईको सम्झनामा एक मिनट मौन धारण गरिएको थियो ।

राखेप तालिम तथा प्रशिक्षण विभागअन्तरगत कैलाली जिल्ला खेलकुद विकास समितिमा कार्यरत राईको २०७८ माघ १२ गते निधन भएको थियो ।

Previous articleथपिए १५ सय ७० नयाँ कोरोना संक्रमित, १३ जनाको मृत्यु
Next articleमौज्दात खोपको विवरण सार्वजनिक गर्न ६ जिल्ला र १०९ स्थानीय तहलाई मन्त्रालयको निर्देशन

Leave a Reply