मेगा अक्सनमा मुम्बई इन्डियसन्सले लिन सक्ने तीन खेलाडी

516

काठमाडौं, २४ माघ

इन्डियन सुपर लिग (आईपीएल) को मेगा अक्सन १२ र १३ फेब्रुअरीमा भरतकाे बैंगलुरूमा हुँदैछ । यसपटक खेलाडीको भाग्य १० टोलीमा निर्भर रहनेछ । १० टोलीमा स्थान बनाउन पाँच सय ९० खेलाडी रहेका छन् । मुम्बईले आईपीएल-२०२२ को लागि रोहित शर्मा, जसप्रित बुमराह, सूर्यकुमार यादव र केइरान पोलार्डलाई रिटेन गरेको छ ।

मुम्बईले आईपीएल-२०२२ मेगा अक्सनमा तीन उत्कृष्ट बलरलाई लिन चाहन्छ । तर, तीन खेलाडीलाई किन्न सहज भने छैन । चार टप खेलाडीको रिटेन गरेपछि मुम्बईसँग ४८ करोड (भारु) बचेको छ । जसलाई मुम्बईले सोचेर आगामी मेगा अक्सनमा खर्च गर्नुपर्ने हुन्छ ।

यी हुन् तीन खेलाडी 
१. टे्न्ट बोल्ट
टे्न्ट बोल्ट मुम्बई इन्डियन्सका एक महत्वपूर्ण खेलाडी हुन् ।  उनलाई यस पटक रिटेन गरिएको छैन । तर, फ्रेन्चाइज टोली मुम्बई बोल्डलाई लिन पंरा काेसिस गर्नेछ । किन कि मुम्बई आफ्नो पुराना खेलाडीमा विश्वास गर्छ । न्युजिल्यान्डका बोल्टले सन् २०२० को सिजनमा २५ विकेट लिएर पाँचौ पटक उपाधि दिलाउन महत्वपूर्ण भुमिका खेलेका थिए । वान डे मैदान उनको लागि वरदान सावित हुन्छ र त्यहाँको पिचले समेत उनलाई धेरै सहयोग पुर्याउँछ ।

२. प्याट कमिन्स
मुम्बई कम्तिमा पनि दुई स्टार खेलाडीलाई आफ्नो समूहमा राख्न चाहन्छ । यसै कारण पनि अष्ट्रेलियाका कमिन्सले मौका पाउने सम्भावना बढि छ । यसैले पनि फ्रेन्चाईज टोली मुम्बई कमिन्सको लागि पानी सरह पैसा खर्च गर्न सक्छ । कमिन्स पछिल्लो वर्ष कोलकता नाइटराइडर्सबाट खेलेका थिए । जसलाई साढे १५ करोड (भारु) को चर्काे मूल्यमा किनिएको थियो ।

३. युजवेन्द्र चाहल
युजवेन्द्र चाहल केहि समयसम्म रोयल च्यालेन्जर्स बैंगलरू (आरसीबी) मा थिए । उनी कप्तान विराट कोहलीले मन पराएका  खेलाडीमध्येका एक थिए । चाहलले आईपीएलमा १३९ विकेट लिएका छन् । सन् २०११ देखि २०१३ सम्म चाहल मुम्बईका मुख्य खेलाडी थिए । अब, रोहितको टिम चाहललाई स्थानानन्तरण गर्न चाहन्छ । चाहल महत्वपूर्ण समयमा उत्कृष्ट प्रदर्शन दिनसक्ने खेलाडी मध्येका एक हुन् ।

Previous article२० लाख खर्चेर आफन्तकाे सालिक निर्माण
Next articleसभामुखविरुद्ध महाअभियोग लगाउन मिल्दैन, यस्ता छन् संविधानमा सभामुख हटाउने आधार

Leave a Reply