अर्जेन्टिनालाई कोपा अमेरिका फुटसलको उपाधि

450

काठमाडौं, २४ माघ

पाराग्वेलाई पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिका फुटसलको उपाधि जितेको छ । आइतबार राति भएको खेलमा पाराग्वेलाई १-० ले पराजित गर्दै अर्जेन्टिनाले तेस्रो पटक प्रतियोगिताको उपाधि हात पारेको हो ।

अर्जेन्टिनाको जितमा १८औँ मिनेटमा एलान ब्रान्डीले गोल गरे । यससँगै पहिलो पटक कोपा अमेरिका फुटसलको उपाधि जित्ने पाराग्वेको लक्ष्य पूरा हुन सकेन । पाराग्वे योसँगै चौथो पटक फाइनलमा पुगेर उपाधिबाट बन्चित भयाे ।

यसअघि अर्जेन्टिनाले सेमिफाइनलमा प्रतियोगिताको सबैभन्दा सफल टोली ब्राजिललाई पराजित गरेको थियो । ब्राजिलले यस प्रतियोगिता सर्वाधिक १० पटक जितेको छ ।

यता, अर्जेन्टिनाले तीन पटक उपाधि हात पार्दा ६ पटक उपविजेतामा सिमित भएको छ । उसले अन्तिम पटक सन् २०१७ मा घरेलु मैदानमा ब्राजिलसँग ४–२ ले फाइनल गुमाएको थियो ।

सन् २०१६ मा विश्व च्याम्पियन भएको अर्जेन्टिनाले कोपाको उपाधि सन् २००३ र २०१५ मा जितेको थियो ।

Previous articleविद्युतका पोल तार सार्न नयाँ कार्यविधि, प्राविधिक जाँचबाट उपयुक्त देखिए मात्र सारिने
Next articleकमल थापाको छुट्टै भेला सुरु, राप्रपा महामन्त्रीसहित वरिष्ठ नेता सहभागी

Leave a Reply