देवरले भाउजूको शरीरमा पेट्रोल छर्केर आगो लगाए, उपचारको क्रममा भाउजूको मृत्यु

491

सप्तरी, २३ माघ

सप्तरीका एक युवकले आफ्नै भाउजूको शरिरमा पेट्रोल छर्केर आगो लगाएर हत्या गरेका छन् । सप्तरीको बोदेबर्साइन नगरपालिका-१ धनगढी निवासी प्रमेश्वर साहले भाउजू राजकुमारी साहको शरीरमा पेट्रोल छर्केर आगो लगाएकाकाे राजकुमारीकाे श्रीमान रविनकाे आराेप छ । राजकुमारीकाे उपचारकाे क्रममा मृत्यु भएकाे हाे ।

२१ माघ बिहान घरमा रोटी पकाइरहेको अवस्थामा २० वर्षीय प्रमेश्वरले २७ वर्षीया राजकुमारीको शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । राजकुमारीको शरीरको विभिन्न भाग जलेपछि विराटनगरमा  उपचार भइरहेको थियो । उनको उपचारकै क्रममा शनिबार राति मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् । प्रवक्ता काफ्लेले मृतकको श्रीमानको जाहेरीका आधारमा आगजनी गर्ने देवरको खोजी भइरहेको जानकारी दिए ।

Previous articleएमसीसी लाई पठाएको गोप्य पत्र सार्वजनिक भएपछी देउवा प्रचण्ड बीच खटपट |
Next articleसेयर बजार राताम्मै, ४० अंकले घट्यो नेप्से

Leave a Reply