राखेप सदस्यसचिव विवाद अन्त्यकाे माग गर्दै विरोध र्‍याली

391

काठमाडौं, २० माघ

राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघ, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ र नेपाल ओलम्पियन संघले राखेप सदस्यसचिव विवाद अन्त्यकाे माग गर्दै बिहीबार विरोध र्‍याली निकालेका छन् । उनीहरूले युवा तथा खेलकुद मन्त्रालय, नेपाल सरकार र सर्वोच्च अदालतकाे ध्यानाकर्षण गर्दै विरोध र्‍याली निकालेका हुन् ।

राखेप कर्मचारी संघका अध्यक्ष रञ्जन थापा, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ र नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्टको नेतृत्वमा कर्मचारी, खेलाडी, प्रशिक्षक, ओलम्पिनहरूले राखेप प्राङ्गणबाट निकालेकाे र्‍याली दशरथ रङ्गशालाको मुलगेटमा पुगेर समापन भएकाे थियाे ।

राष्ट्रिय खेलकुद परिषद्मा सदस्यसचिव नियुक्तिसम्बन्धी विवादकाे मुद्दा लामाे समयदेखि सर्वोच्चमा विचाराधीन छ । जसका कारण खेलकुदका सम्पूर्ण गतिविधि ठप्प बनेकाे छ । कर्मचारीहरूले दुई महिनादेखि तलब पाएका छैनन् । खेलकुद गतिविधि ठप्प भएको छ ।

नीतिगत निर्णय गर्नुपर्ने कार्यहरू हुन सकेका छैनन् । त्यसैलाई सम्बाेधन गर्दै खेलकुदका तीन संस्थाले सम्बन्धित निकायलाई ध्यानाकर्षणसहित छिटोभन्दा छिटो समस्या निराकरण गरी गाँठो फुकाउन आव्हान गर्दै विरोध  र्‍याली आयोजना गरेको हो । ‘खेलकुद ऐनमा राखेपमा सदस्यसचिव नहुँदा अथवा भ्याकुम रहेमा नयाँ वैकल्पिक बाटो अपनाउन सक्ने व्यवस्था गरिएको छ । तर, यति लामो समयसम्म पनि युवा तथा खेलकुद मन्त्रालय मुकदर्शक बन्दै खेलकुदलाई अनिर्णयको बन्दी बनाइरहेको छ ।’ कर्मचारी संघका अध्यक्ष थापाले बताए ।

Previous articleदक्षिण कोरिया पहिलो पटक महिला एसिया कपको फाइनलमा
Next article७० प्रतिशत नेपालीले लगाए खोपको पूर्ण मात्रा, डब्लुएचओको बधाई

Leave a Reply