महोत्तरीका विद्यालयहरूमा २४ माघदेखि मेडर्ना खोप लगाइने

617

महोत्तरी, १९ माघ

महोत्तरीका विद्यालयहरूमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी २४ माघदेखि मेर्डर्ना खोप लगाइने भएको छ । जिल्लामा ७४ हजार मात्रा खोप आइसके पनि तयारी पूरा नभएका कारण २४ माघदेखि खोप लगाइने निर्णय भएको स्वास्थ्य कार्यालयका प्रवक्ता  लक्ष्मेश्वर झाले जानकारी दिए ।

२४ देखि २८ माघसम्म  जलेश्वर, लोहारपट्टी, मनरासिस्वा, मट्टीहानी, बल्वा, पिपरा, महोत्तरी र एकडाराका विद्यालयमा खोप लगाउने निर्णय भएको छ भने बर्दिवास, भंगाहा, गौशाला, सम्सी, रामगोपालपुर, औरही र सोनामामा २ देखि ६ फागुनसम्म लगाइने जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । तर, संघीय सरकारले देशैभरका विध्यार्थीलार्इ खोप लगाउन १५ देखि २० माघसम्म विद्यालय खोल्ने निर्णय गरेको थियो ।

यसैगरी विदेश जानेहरूलार्इ लक्षित गरेर स्वास्थ्य कार्यालय महोत्तरीले जोनसन खोप दिने निर्णय गरेको छ । पासपोर्टका आधारमा जिल्लाका सबै पालिकाका १८ बर्षभन्दा माथिकालाई जोनसनको खोप दिने निर्णय गरेको कार्यालय प्रमुख भोला यादवले जानकारी दिए ।

जिल्लाका सबै पालिकामा १० देखि १४ फागुनसम्म खोप लगाउने निर्णय पन िभएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

Previous articleनेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट विद्यार्थी संगठनका विद्यार्थी नेताहरु मोहन बैद्य नेतृत्वको पार्टी निकट विद्यार्थी संगठनमा प्रवेश
Next articleदक्षिण कोरिया एसियाबाट कतार विश्वकपमा स्थान बनाउने दोस्रो टिम

Leave a Reply