ब्राउन सुगरसहित युवक पक्राउ

459

काठमाडौं/ झापाको बिर्तामोड नगरपालिका–५ को पञ्चकन्या चोकबाट ब्राउनसुगरसहित एक युवक पक्राउ परेका छन् । अस्थायी प्रहरी पोष्ट नयाँ बस पार्कबाट खटिएको प्रहरी टोलीले २४ वर्षीय सुनिल लिम्बूलाई मंगलबार साँझ पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले ब्राउन सुगर २९ ग्राम, नगद दुई हजार र दुई थान मोबाइल बरामद गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनी झापामा राखेर उनीविरुद्ध अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।

उनका अनुसार प्रहरीले अनुसन्धानका लागि बुधबार जिल्ला अदातल झापाबाट म्याद थप अनुमति पनि पाएको छ ।

Previous article‘लाखे’ मा प्रशान्त ‘भिलेन’
Next articleभारतीय अभिनेता अमिताभ दयालको निधन

Leave a Reply