एन्फाको कार्यसमिति बैठक २० माघमा, भर्चुअल माध्यमबाट गरिने

497

काठमाडौं, १७ माघ

अखिल नेपाल फुटबल संघ  (एन्फा) को कार्यसमिति बैठक २०  माघ (बिहीबार) बस्ने भएको छ । एन्फाका महासचिव इन्द्रमान तुलाधरले बिहान साढे ११ बजेदेखि बैठक सुरु हुने मिटिङको लिंकसहित कार्यसमिति सदस्यहरूलाई सूचना पठाएका छन् ।

बैठक आगामी साधारण सभा केन्द्रित हुनेछ । यसअघि २२ पुसमा एन्फाको कार्यसमिति बैठक बसेको थियो । बैठकमा विविधसहित १९ वटा एजेन्डामाथि छलफल भएको थियो ।

जुन बैठक एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङसहित कार्यसमितिका सात सदस्यले  राख्न माग गरेका थिए । बैठक माग गर्नेमा चार सदस्य किरण राई, दिनेश ब्यन्जनकार, निरोज खड्गी र दावा लामा थिए । उनीहरूकै आह्वानमा यसअघि बैठक बसेको थियो ।

Previous articleशुक्रबारसम्म खोपको विवरण पठाउन स्वास्थ्य मन्त्रालयको निर्देशन
Next articleमौरिससविरुद्ध लगातार जितको दाउमा नेपाल

Leave a Reply