शुक्रबारसम्म खोपको विवरण पठाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

470

काठमाडौं, १७ माघ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको खोपको मौज्दात र खोप लगाएका व्यक्तिको विवरण पठाउन तीनै तहका सरकारलाई निर्देशन दिएको छ । मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै आगामी शुक्रबारसम्म सो विवरण डीएचआईएस–२ प्रणालीमा अनिवार्य प्रविष्ट गर्न निर्देशन दिएको हो ।

२४ लाख डोज खोप हराएपछि मन्त्रालयले छानबिनका लागि आइतबार समिति गठन गरेको थियो । उक्त समितिले खोप विवरणको अभिलेखीकरण गर्ने छ ।

Previous articleकानूनमा तोकिएको समयभित्र सबै निर्वाचन सम्पन्न गर्न जरूरी : राष्ट्रपति भण्डारी
Next articleएन्फाको कार्यसमिति बैठक २० माघमा, भर्चुअल माध्यमबाट गरिने

Leave a Reply