
काठमाडौं, १५ माघ| चर्चित स्वरकी धनी अर्थात मखमली, निरकमल र सुरिलो स्वरकी धेरै नाम उपनाम पाईराखेकी निर्मला घिसिङ्ले यस पटक सोनम ल्होछारको अवसर पारेर शिरफुल गीतिको म्युजिक भिडियो आफ्नो शुभचिन्तक र सारा सेलो पाराखिहरुको सामु ल्याएकी छिन।
बिश्वब्यापी महामारी जस्ता घातक रोग कोभिडलाई सुरक्षा अपनाउदै सिमित उपस्थिती र पत्रकारको उपस्थितिमा बनस्थली स्थित बर्गर हाउसमा एक कार्यक्रम राखी उक्त गितको बिमोचन गरिएकी थिइन । बिमोचन कार्यक्रममा सेलो संगीत जगतको राजा भनेर चिनिने बरिस्ठ संगीतकार तथा गायक चन्द्रकुमार दोङको प्रमुख अथितिमा गायिका घिसिङको आपाको हातबाट नाङसाल बाली शिरफुलको बिमोचन गरिएकी थिए ।
शिरफुल शब्दमा नै धेरै अर्थ भेटिन सकिन्छ , नवगितकार पद्मा मोक्तानले सुन्दर शब्दहरुको सृजना गरिएको छ त्यसमाथि वरिष्ठ संगीतकार चन्द्र्कुमार दोङले शब्दमा अहिले सम्मकै नयाँ संगीत भरेका छन, त्यसमाथि गायिकाको सुरिलो आवाजले साच्चिकै शिरफुल जस्तै सुन्दरता शिरफुल नै भएको छ । यो गितलाई एक हुर्किदै गएको उमेरमा छोरी चेलिहरुको तामाङ सास्कृति अनुसार मनोइच्छा ( बिबाहको लागि योग्य )प्रकट गरिएको पनि पाइन्छ ।
शिरफुल गितको म्युजिक भिडियोमा उदाउदै गरेकी मोडेल रोहनी लामाले अझ उत्कृष्ट अभिनय दिएका छन | यस गितको म्युजिक भिडियोलाई अहिलेका चर्चामा रहेका निर्देशक अजय स्याङ्तानले निर्देशन गरेका हुन ।