बाइडेनप्रति मस्कको टिप्पणीः राष्ट्रपतिले अमेरिकी जनतालाई मूर्खजस्तो व्यवहार गरिरहेका छन्

375

एजेन्सी
न्युयोर्क, १४ माघ

अमेरिकामा विद्युतीय सवारी साधनहरुको भविष्यबारे गरिएको एउटा पोस्टमा टेस्लाको नाम छुटाएपछि अमरिकी अर्बपति तथा विद्युतीय गाडी निर्माण कम्पनी टेस्लाका मालिक एलन मस्कले अमेरिकी राष्ट्रपति जोन बाइडेनको कडा आलोचना गरेका छन् ।

एउटा ट्विटर पोस्टमा राष्ट्रपतिले विद्युती सवारी निर्माता टेस्लाको नाम उल्लेख नगरेपछि मस्क उनीसँग रिसाएका हुन् । ‘जीएम र फोर्ड जस्ता कम्पनीले स्वदेशमा यसअघि भन्दा धेरै विद्युतीय सवारी निर्माण गरिरहेका छन्,’ बाइडेनले भनेका थिए ।

अमेरिकामा भविष्यमा विद्युतीय गाडीबारे बाइडेनको ट्विटलाई जबाफ दिने क्रममा मस्कले टेस्ला अक्षरलाई क्यापिटल लेटरमा लेखेका छन् । अर्को एउटा ट्विटमा मस्कले लेखेका छन्, ‘बाइडेन मानवको रुपमा एउटा कठपुतली हुन् ।’

Previous articleविश्व निकेतन स्कुलमा ‘राम्रालाई भन्दा हाम्रालाई’ महत्व, विद्यार्थी, अभिभावक
Next articleखाडी देशमा पसिना बगाउने नेपालीलाई देशको चिन्ता

Leave a Reply