ब्राजिल र इक्वेडरले अंक बाँडे

562

काठमाडौं, १४ माघ
कतार विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटको खेलमा ब्राजिल र इक्वेडरले अंक बाँडेका छन् । शुक्रबार बिहानकाे खेलमा दुबै टिमले १-१ गोल गरेका हुन् ।

यसअघि विश्वकपको लागि छनोट भइसकेको ब्राजिल र घरेलु टोली इक्वेडर खेलमा १० खेलाडीमा सीमित भए । कासेमेरोको गोलमा ब्राजिलले आठौं मिनेटमा अग्रता बनाएको थियो । फेलिक्स टोरेसले ७५औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

बराबरीसँगै ब्राजिल १४ खेलबाट ३६ अंकसहित शीर्ष स्थानमा यथावत छ । इक्वेडर १५ खेलबाट २४ अंकसहित तेस्रो स्थानमा छ ।

दक्षिण अमेरिकी छनोटबाट ब्राजिल र अर्जेन्टिनाले यसअघि नै विश्वकप यात्रा तय गरिसकेका छन् ।

Previous articleप्रधानन्यायाधीशले दाेस्राे पटक आजका लागि बाेलाए न्याय सेवा आयाेगकाे बैठक
Next articleकार्यसम्पादन समिति गठन गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

Leave a Reply