बिहान तराईमा हुस्सु, दिउँसाे प्रदेश १ र बागमतीका पहाडी क्षेत्रमा वर्षाकाे सम्भावना

353

अन्तरिक्ष यान बिस्फोट
सन् १९८६ मा अन्तरिक्ष बोकेको अन्तरिक्ष यान च्यालेन्जर बिस्फोट भएको थियो, जसलाई अन्तरिक्ष इतिहासमा नै सबैभन्दा दुःखद घटना मानिन्छ । अमेरिकाको फ्लोरिडाबाट अन्तरिक्षका लागि उडेको च्यालेन्जर जमिन छोडेको ७३ सेकेन्डमा नै बिस्फोट हुँदा ७ अन्तरिक्षयात्रीको मृत्यु भएको थियो ।

प्राइड एन्ड प्रेज्युडिस
सन् १८१३ मा बेलायतका लेखिका जेन आस्टिनको चर्चित उपन्यास प्राइड एन्ड प्रेज्युडिस प्रकाशित भएको थियो । यो उपन्यासलाई अंग्रेजी साहित्याको अहिलेसम्मकै लोकप्रिय कृति मानिन्छ । यसको दुई करोड प्रतिभन्दा बढी बिक्री भइसकेको छ ।

निकोलस सार्कोजीको जन्म दिन
आज फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीको जन्म भएको थियो । सन् २००७ देखि सन् २०१२ सम्म फ्रान्सका राष्ट्रपति भएका सार्कोजीको जन्म राजधानी पेरिसमा सन् १९५५ को २८ जनवरीमा भएको थियो

 

Previous articleबिहान तराईमा हुस्सु, दिउँसाे प्रदेश १ र बागमतीका पहाडी क्षेत्रमा वर्षाकाे सम्भावना
Next articleछानबिन समितिले यात्रुलाई भन्याे- चार्टर उडानमा बढी भाडा तिरेकाे कागजातसहित निवेदन दिनुस

Leave a Reply