गुगलका सीइओ सुन्दर पिचाईसहित ६ अधिकारीविरुद्ध मुद्दा

443

एजेन्सी
मुम्बई, १३ माघ

मुम्बई प्रहरीले गुगलका सीइओ सुन्दर पिचाईसहित कम्पनीका ६ जनाविरुद्ध प्रतिलिपि अधिकार एन उल्लंघको मुद्दा दायर गरेको छ । ‘अदालतको आदेशमा गुगलका सीईओ सुन्दर पिचाई र कम्पनीका अन्य पाँच जना अधिकारीविरुद्ध प्रतिलिपि अधिकार ऐन उल्लंघनको आरोपमा मुद्दा दायर गरिएको छ,’ मुम्बई प्रहरीले भनेको छ ।

भारतीय समाचार एजेन्सी एनडीटीभीका अनुसार फिल्म निर्देशक सुनिल दर्शनले दिएको उजुरीका आधारमा मुम्बई प्रहरीले मुद्दा हालेको हो । गुगलले आफ्नो अनुमतिबिना नै अनधिकृत व्यक्तिलाई ‘एक हसिना थी एक दिवाना थी’ फिल्म युट्युबमा राख्न अनुमति दिएको दर्शनको उजुरीमा उल्लेख छ ।

भारतीय मूलका अमेरिकी पिचाई भारतको ७३ औं गणतन्त्र दिवसको अवसरमा बुधबार पद्म भूषणबाट सम्मानित भएका थिए ।

Previous articleआहा राराको अन्तिम सेमिफाइनल आज, मनाङ र आर्मी भिड्दै
Next articleओमिक्रोन भेरियन्ट लामो समयसम्म छाला र प्लाष्टिकमा जीवितै रहन्छः अध्ययन

Leave a Reply