पाक बिस्फोटमा तीन जनाको मृत्यु

436

एजेन्सी
लाहोर, ७ माघ
पाकिस्तानको लाहोरस्थित लोहारी गेट क्षेत्रमा भएको शक्तिशाली बिस्फोटमा कम्तिमा तीन जनाको मृत्यु भएको छ । बिस्फोटमा २० जनाभन्दा बढी घाईते भएका छन् । बिस्फोटपछि साढे १ फिट गहिरो खाडल परेको प्रहरीले जनाएको छ । 

बिस्फोटको कुनै समूहले जिम्मा लिएको छैन् । बिस्फोटबारे थप अनुसन्धान भइरहेको छ । बिस्फोटपछि सबारी साधन जलेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएका छन् ।

Previous articleआर्सनललाई हराउँदै लिभरपुल फाइनलमा
Next articleजिल्ला अस्पताल लमजुङमा ‘हेल्लो डाक्टर’ सेवा सुरु

Leave a Reply