अर्घाखाँचीमा सक्रिय कोरोना संक्रमतको संख्या १ सय नाघ्यो

499

अर्घाखाँची, ६ माघ

अर्घाखाँची जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या एक सय नाघेको छ ।

आज ३१ जनामा कोभिड संक्रमण पुष्टि भएसँगै अर्घाखाँची जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या १ सय १९ पुगेको हो ।

आज सन्धिखर्क नगरपालिकमा १३, मालारानी गाउँपालिकामा ३, शितगंगा नगरपालिकामा १३ र पणिनी गाउँपालिकामा २ जना नयाँ संक्रमित थपिएका हुन् ।

यससँगै अर्घाखाँची जिल्लामा हालसम्म संक्रमित हुनेको संख्या ४ हजार ६ सय २५ पुगेको छ । यस्तै कोभिडबाट हालसम्म अर्घाखाँचीमा ९१ जनाले ज्यान गुमाएका छन् ।

Previous articleमकवानपुर एकीकृत समाजवादी संगठन विस्तार अभियानमा
Next articleसत्ता गठबन्धनका शीर्ष तीन नेताबीच भेटवार्ता

Leave a Reply